काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नेछ ।
मत्रिपरिषद् बैठक अघि गभर्नर सिफारिस समितिको बैठक बसेको थियो । बैठकले गभर्नरका लागि डा.विश्व पौडेल, नीलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
समितिको सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले एक जनालाई गभर्नर नियुक्त गर्ने छ । यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको छ ।