कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । विद्युतीय अपराध सम्बन्धी कसुरमा अध्यक्ष चौधरी पक्राउ परेका हुन् ।

जेठ १ गते उनीविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि अध्यक्ष चौधरी मंगलबार आफैं जिल्ला प्रहरी कार्यालयमा हाजिर एका थिए ।

उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । बलात्कृत युवती र परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोग उनीविरुद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *