दमौली । तनहुँको डुम्रेमा बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । रुकुमपश्चिमबाट आइरहेको बस टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये बस चालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
फोटोः कमल पाण्डे