युक्रेन युद्ध अन्त्यका विषयमा ट्रम्प र पुटिनबीच दुई घण्टा लामो टेलिफोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई घण्टा लामो टेलिफोन वार्ता भएको छ ।

पुटिनसँगको वार्तापछि ट्रम्पले रूस र युक्रेनले युद्ध अन्त्यका लागि वार्ता सुरु गर्ने बताएका छन् । पुटिनले पनि युक्रेनसँग ‘भविष्यमा सम्भावित शान्ति सम्झौताको सहमतिपत्र’मा काम गर्न तयार भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि कुरा गरेका छन् । फोनवार्तामा जेलेन्स्कीले यो निर्णायक क्षण भन्दै अमेरिकालाई वार्ताबाट टाढा नहट्न आग्रह गरेका छन् ।

ट्रम्पले सामाजिक संजालमा लेखेका छन्, ‘रूस र युक्रेनले तुरुन्तै युद्धविराम र अझ महत्वपूर्ण युद्धको अन्त्यको लागि वार्ता सुरु गर्नेछन् ।’

उनले जेलेन्स्कीलाई यो कुरा फोनमा सुनाएको र यसमा अन्य विश्व नेताहरू समेत सामेल भएको बताए । फोन वार्तापछि ह्वाइट हाउसको कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिका रूस–युक्रेन वार्तामा मध्यस्थता गर्ने कामबाट पछि नहट्ने बताउँदै त्यसको पनि सीमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *