हुम्लाको नाम्खाका पहिरोबाट विस्थापितहरुलाई तत्काल राहत सामग्री उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरुलाई तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा सोमबार साँझ बसेको विपद व्यस्थापन समितिको बैठकमा गृहमन्त्री लेखकले पहिरोबाट विस्थापितहरुलाई तत्कालका लागि त्रिपाल र खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका हुन् । विस्थापितहरुका लागि तत्काल हेलिकप्टरबाट राहत सामग्री र स्थलगत अध्ययनका लागि प्राविधिक टोली समेत पठाउन लागिएको गृह मन्त्रालयले जनाएको छ ।

स्थानीयका अनुसार हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा जेठ एक गते राति साढे १० बजेदेखि बिहान पाँच बजेसम्म लेदोसहितको बाढी आएको थियो ।

बाढीले तिल्चुङ खोलामा रहेका पाँचवटा काठको पुल/बाटो सहित बगाएको, १५ किलोवाटको जलविद्युत भवन, कुलोसहित जलविद्युतको मेसिन लगायत भौतिक क्षति भएको तथा सिँचाइ कुलो र खानेपानीसमेत बगाएको बगाएको छ । बाढीका कारण १८ परिवारका ३२ जना सबैलाई सुरक्षित स्थानमा आइतबार नै सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *