पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सरकारमा भएपनि स्थानीय तहदेखि केन्द्रसम्म असन्तुष्टि र उकुसमुकुस रहेको बताएका छन् ।

सुवास घिमिरेद्वरा लिखित बिपी कोइरालाको जीवन कथामा आधारित पुस्तक ‘सान्दाजुु’ को लोकार्पण समारोहमा महामन्त्री थापाले अहिले पार्टीभित्र उकुसमुकुस, गुनासो र छटपटाहट रहेको बताएका हुन् ।

उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको तथा अब बन्ने प्रधानमन्त्री पनि कांग्रेसकै हुने बताए । महामन्त्री थापाले अब गभर्नर पनि कांग्रेसकै भागमा रहेको बेलामा पनि कांग्रेसजनमा खुसी नरहेको बताए ।

उनले भने, ‘कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ । गुनासो छ र असन्तुष्टि अनि एउटा छटपटाहट देखिन्छ । तर म एउटा अवसर पनि छ भनिरहेको छु ।’

उनले नेपाली कांग्रेसभित्र पनि विपीका साहित्यको चर्चा हुने एवम् पढिने गरेकाले आफूलाई चाहिएको समयमा मात्र उहाँको व्यख्या गरिने गरेको बताए । महामन्त्री थापाले उपन्यास ‘सान्दाजुु’ ले विपी कोइरालालाई नयाँ पुस्तामा परिचित गराएको नेपाली कांग्रेसका सबै नेता कार्यकर्ता सान्दाजुको सन्तति भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *