जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको आइतबार संकेत गरेका छन् ।
प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’यस क्षणमा पनि दोहामा वार्ता टोलीले विटकोफ फ्रेमवर्कअनुसार होस् वा युद्ध अन्त्यको एक भागको रूपमा सम्झौताका लागि सबै सम्भावनालाई खोज्न काम गरिरहेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सम्झौताले सबै बन्धकहरूको रिहाइ, हमास ‘आतङ्ककारी’ हरूको निर्वासन र गाजा पट्टीको नि:शस्त्रीकरण समावेश गर्नेगरी वार्ता टोलीले काम गर्नेछ ।’