रसुवामा ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । रसुवाबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले रसुवा नाकाबाट आइतबार दिउँसो ७ किलो भन्दाबढी सुन बरामद गरेको हो ।

स्याउ बोकेको कन्टेनरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीले सात किलो ६५३ ग्राम सुन बरामद गरेको जानकारी दिए ।

केरूङबाट आइरहेको बा ४ ख ६२०१ नम्बरको कन्टेनरबाट सुन बरामद भएको हो । प्रहरीले सुनसहित कन्टेनर चालकलाई नियन्त्रणमा लिएको छ । नेपालमा सुन तस्करी बढ्दो छ । पछिल्लो समय सुन तस्करीका लागि रसुवा नाका प्रयोग हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *