एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) आजबाट पुनः शुरु हुँदैछ । भारत र पाकिस्तानबीचको तनाबका कारण रोकिएको आईपीएल आजबाट पुनः शुरु हुन लागेको हो । आज हुने जारी संस्करणको ५८ औँ खेलमा रोयल च्यालेन्जर्स बैगलुरु र कलकता नाइट राइडर्स भिड्दैछन् । बैंगलोरमा हुने खेल राति ७:४५ बजे शूरु हुनेछ ।
यस सिजन बैंगलुरु र कलकता दोस्रोपटक भिड्न लागेका हुन् । सिजनको पहिलो खेलमा बैंगलोरले कलकतालाई ७ विकेटले हराएको थियो । हाल बैंगलोर ११ खेलबाट १६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा बैंगलोरमा प्लेअफमा आफ्नो स्थान पक्कापक्की गर्नेछ ।
यता कलकता भने १२ खेलबाट ११ अंक जोड्दै तालिकाको छैटौं स्थानमा रहेको छ । कलकता आज बैंगलोरलाई हराउँदै प्लेअफ पुग्ने आफ्नो झिनो सम्भावनालाई जीवित राख्न चाहन्छ ।