आज मदन–आश्रित स्मृति दिवस, एमालेले विभिन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौं । आज मदन–आश्रित स्मृति दिवस । नेकपा एमालेले जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ ।

पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई स्मृति सभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्य गर्न भनिएको छ । स्मृति दिवसमा रक्तदान, स्थानीय टेलिभिजन तथा रेडियोहरूमा परिसंवाद, सरसफाइ कार्यक्रम, स्वास्थ्य शिविर, वृक्षारोपण कार्यक्रम राख्न निर्देशन दिइएको छ ।

पार्टी केन्द्रीय कार्यालयको आयोजनामा मदन नगर बल्खुमा बिहान ८ बजेको स्मृति कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जाँदैछन् । जननेता भण्डारी र आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा गाडी दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *