नेपाल आईसीसी टी–२० विश्वकप एशिया छनोटको ‘सुपर–थ्री’ मा प्रवेश

काठमाडौं । नेपाली महिला टोली आईसीसी टी–२० विश्वकप एशिया छनोटको ’सुपर–थ्री’ मा प्रवेश गरेको छ ।

शुक्रबार हङकङ र बहराइनबीचको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल धेरै जितका आधारमा सुपर–थ्रीमा प्रवेश गरेको हो ।

नेपालले ४ खेलमा २ मा जित, १ मा हार र १ मा नतिजाविहीन हुँदा ५ अङ्क जोडेको थियो । हङकङले ४ खेलमा १ मा जित र ३ मा नतिजाविहीन हुँदै ५ अङ्क जोडेको छ ।

बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अङ्क जोडेर पुछारमा रह्यो । अब नेपालले सुपर–थ्रीमा आगामी सोमबार यूएईसँग र ६ मङ्गलबार थाइल्यान्डसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *