काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहण गर्ने भएका छन् । पर्यटन विभागले महामन्त्री शर्मालाई आरोहणको अनुमति दिएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए ।
महामन्त्री शर्मा केही समयदेखि सगरमाथा आधार शिविर क्षेत्रमै छन् । यसअघि महामन्त्री शर्माले गत मंसिरमा लोबुचे हिमाल आरोहण गरेका थिए।