काठमाडौं । काठमाडौंको बागबजारमा महिला हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २९ गते काठमाडौं महानगरपालिका २८ स्थित गेष्ट हाउसको कोठामा नुवाकोट, सूर्यगढी नगरपालिका १ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने वर्ष २८ की विमला तामाङ मृत फेला परेकी थिइन् ।
उनको हत्या गरी धादिङ, गल्छी गाउँपालिका घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने वर्ष ४० का रामचन्द्र पन्त फरार भएका थिए ।
भारतमा लुकीछिपी रहेकोमा नेपाल फर्कंदै गरेको भन्ने सूचनापछि जिल्ल प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो नागढुङ्गाबाट पक्राउ गरिएको परिसरका सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिए ।
