रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले ४७ दिन हिरासतमा बसिसकेका मिश्रलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । चैत १५ को तीनकुनेको राजावादीको हिंस्रक प्रदर्शनको नेतृत्वकर्ताहरू मिश्र, दुर्गा प्रसाईं, उसका सहयोगीहरू र शिव सेनाका अध्यक्ष अनिल बस्नेतसहितलाई राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिराखेको छ ।

राजावादी समूहले गरेको उक्त अराजक प्रदर्शनमा एक पत्रकार सहति दुई जनाले ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *