जेरुसेलम । इजरायली परराष्ट्रमन्त्री गिडिअन सारले इजरायलले अमेरिकाद्वारा प्रस्ताव गरिएको नयाँ मानवीय सहायता योजनालाई पूर्ण समर्थन गर्ने बताएका छन् । यो योजना हाल संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले सञ्चालन गर्दै आएको व्यवस्थाको विकल्पका रूपमा ल्याइएको हो ।
परराष्ट्रमन्त्री सारका अनुसार, “यो योजना अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्डअनुसार अघि बढाइनेछ र यसमार्फत सहायता प्रत्यक्षरूपमा पीडित जनतासम्म पुर्याइनेछ, जसमा हमासको संलग्नता हुनेछैन ।”
उनले थप स्पष्ट पारे कि इजरायली सैनिकहरू प्रत्यक्ष रूपमा सहायता वितरणमा सहभागी नहुने तर वितरण क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी उनीहरूको रहनेछ ।
यस योजनाअनुसार निजी कम्पनी, गैरसरकारी संस्थाहरू र केही देशहरूको सहकार्यमा गाजामा खाद्यान्न तथा अन्य आपूर्तिहरू पु¥याइनेछ । तर इजरायल वितरण प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने जनाइएको छ ।
यस योजनाप्रति केही फिलिस्तीनी नागरिक तथा सहायता संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्, उनीहरूले सहायता वितरणलाई राजनीतिकरण नगर्न आग्रह गर्दै आएका छन् ।
यसबीच, इजरायली सुरक्षा क्याबिनेटले गाजामा सैन्य अभियानलाई विस्तार गर्ने र सहायता आपूर्तिमा पूर्ण नियन्त्रण राख्ने योजना पनि पारित गरिसकेको छ ।