बीबीसी । अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । ह्वाइट हाउसले जेनेभामा यो सम्झौता भएको घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा महत्त्वपूर्ण प्रगति हासिल गरेका बताए ।
अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले भने चीन र अमेरिकाबीच धेरैले सोचेजस्तो धेरै मतभेद नहरेको पुष्टि भएको बताएका छन् ।
उनले भनेका छन्, ‘अमेरिकाले अहिले १२ सय अर्ब डलरको व्यापारघाटा व्यहोरिरहेको छ । सोही कारण राष्ट्रपतिले कर लगाउने घोषणा गर्नुभएको हो ।’