आज बार्सिलोना र रियल म्याड्रिड भिड्दै

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत आज हुने ‘एल क्लासिको’मा क्याटलान क्लब बार्सिलोना र रियल म्याड्रिड प्रतिस्पर्धा गर्दैछन् ।इस्टाडी ओलम्पिक लुइस कोम्पानिसमा हुने खेल नेपाली समय अनुसार राति ८ बजे शुरु हुनेछ ।

बार्सिलोना हाल ७९ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा रहेको छ भने रियल म्याड्रिड दोस्रो स्थानमा ७५ अंकसहित पछ्याइरहेको छ । अब चार खेल मात्र बाँकी रहेको अवस्थामा दुवै टोलीलाई आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । बार्सिलोनाले जित हासिल गरेमा लगभग उपाधि सुनिश्चित गर्नेछ भने म्याड्रिडले जितेमा अंकको अन्तर एकमा झर्नेछ र उपाधि होड पुनः रोमाञ्चक बन्नेछ ।

यस सिजनमा बार्सिलोनाले रियल म्याड्रिडमाथि आफ्नो दबदबा कायम गरेको छ, जसमा ला लिगा अन्तर्गत सान्टियागो बर्नाबेउमा भएको खेलमा ४–० को जित र सुपरकोपा डे एस्पानाको फाइनलमा ५–२ को सहज जित हासिल गरेको थियो। प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले यस सिजन सुपर कप र कोपा डेल रे उपाधि जितिसकेको छ भने अब घरेलु ट्रेबलको लक्ष्यमा अगाडि बढिरहेको छ ।

यतारियल म्याड्रिड चुनौतिपूर्ण सिजनपछि खेलमा फर्किंदैछ । चोटपटक र रणनीतिक समस्याबीच पनि प्रशिक्षक कार्लो एन्सेलोट्टीको टोलीले दृढता देखाएको छ । डिफेन्डरहरू इडर मिलिटाओ, डेविड अलबा र फेर्लान मेन्डी अनुपस्थित हुँदा म्याड्रिडले किलियन एम्बाप्पे र भिनिसियस जुनियरको आक्रमण क्षमतामा भर पर्ने पक्का छ ।

अर्कोतर्फ मिडफिल्डको लडाइँ निर्णायक हुने देखिएको छ । अरेलियन चुआमेनी अनुपस्थित रहँदा फेडेरिको भाल्भेर्डेलेमिडफिल्डमा मुख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ ।यस्तैबार्सिलोनाका युवा खेलाडी लामिने यामाल म्याड्रिडको कमजोर दायाँ रक्षापंक्तिमाथि आक्रमण गर्ने मुख्य अस्त्र बन्नेछन् ।

युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएसँगै बार्सिलोनाको मनोबल धर्मराएपनि टोलीको ध्यान अझै पनि घरेलु उपाधिमा केन्द्रित छ भनेरियल म्याड्रिडले आजको खेललाई केवल बदला मात्र नभई लिगमा उपाधि जित्ने लक्ष्यलाई जीवित राख्ने अवसरका रूपमा हेरेको छ ।

हेडटुहेड
आजको मितिसम्मबार्सिलोना र रियल म्याड्रिड२ सय ६० पटक आमने सामने भएका छन् । जसमध्ये रियल म्याड्रिडले १ सय ५ खेल जितेको छ भने बार्सिलोनाले १ सय ३ खेल आफ्नो पक्षमा पारेको छ । ५२ खेल बराबरीमा सकिएको छ । त्यसक्रममा रियल म्याड्रिडले ४ सय ३७ गोल गरेको छ भने बार्सिलोनाले ४ सय ३१ गोल गरेको छ ।

ला लिगामा मात्र हेर्ने होभने दुई टोलीबीच १ सय ८९ खेल हुँदा रियल म्याड्रिडले ७९ र बार्सिलोनाले ७९ खेल जित्दा ३५ खेल बराबरीमा सकिएको छ । इतिहासलाईपल्टाउँदा रियल म्याड्रिड बलियो देखिएपनि पछिल्लो ५ आधिकारिक खेललाई हेर्दा बार्सिलोना हाबी देखिएको छ ।

पछिल्लो पाँच खेलको नतिजा

• २६ अप्रिल २०२५ (कोपा डेल रे फाइनल) : बार्सिलोना ३-२ रियल म्याड्रिड
• १२ जनवरी २०२५ ( स्पेनिस सुपर कप फाइनल ) : रियल म्याड्रिड २-५ बार्सिलोना
• २६अक्टोबर २०२४ (ला लिगा) : रियल म्याड्रिड ०-४ बार्सिलोना
• २१ अप्रिल २०२४ (ला लिगा) : रियल म्याड्रिड ३-२ बार्सिलोना
• १४ जनवरी २०२४ (स्पेनिस सुपर कप फाइनल) : रियल म्याड्रिड ४-१ बार्सिलोना

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *