जापानमा वास्तविक ज्याला दर मार्चमा २.१ प्रतिशतले घट्यो

टोकियो । जापानको वास्तविक ज्यालादर एक वर्षअघिको तुलनामा २.१ प्रतिशतले घटेको छ। यो गिरावट लगातार तीन महिनासम्म देखिएको हो।

‘उपभोक्ता क्रयशक्तिको ब्यारोमिटर अर्थात् मुद्रास्फीति–समायोजित वास्तविक ज्यालाको गिरावट फेब्रुअरीमा संशोधित १.५ प्रतिशत र जनवरीमा २.८ प्रतिशत गिरावटपछि भएको हो,’ स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले भनेको छ।

मन्त्रालयका अनुसार ताजा खाद्य मूल्यहरू समावेश रहेको, तर भाडाको लागत समावेश नभएको उपभोक्ता मूल्य मार्चमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ४.२ प्रतिशतले वृद्धि भएको छ। बढ्दो खाद्य लागतको कारण प्रेरित यो वृद्धि फेब्रुअरीमा ४.३ प्रतिशत वृद्धिबाट सुस्ताएको हो।

जम्मा औसत ज्याला र अतिरिक्त वेतनसहित प्रतिकामदार कुल औसत मासिक नगद आय २.१ प्रतिशतले बढेर ३० लाख आठ हजार ५७२ येन (करिब दुई हजार १०० अमेरिकी डलर) पुगेको छ, यो वृद्धि लगातार ३९औँ महिनाका लागि हो।

नियमित तलब अर्थात् आधार तलब मार्चमा १.३ प्रतिशतले बढेको छ भने कर्पोरेट गतिविधिको ब्यारोमिटर अतिरिक्त ज्यालाको भुक्तानी १.१ प्रतिशतले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *