काठमाडौं । काभ्रेको धुलिखेलमा आज आयोजना गरिएको अखिल नेपाल फूटबल संघ(एन्फा)को साधारण सभास्थलमा गणेश थापालाई प्रवेश गर्न नदिएपछि तनाव भएको छ । साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै एक समूहले थापालाई गेटमै रोकेपछि तनाव भएको हो ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि उनी निष्कृयजस्तै भएका थिए । १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा पुनः सक्रिय हुन थालेका छन् ।
प्रतिबन्ध अवधिमा उनले सामाजिक सन्जाल र मिडियाहरुमार्फत् एन्फाको गतिविधिको चर्को आलोचना गर्दै आफ्ना अभिव्यक्ति सार्वजनिक गरेका थिए ।