जिल्ला अदालत नवलपरासीका कम्प्युटर अपरेटर दुई लाख रूपैयाँ घुससहित पक्राउ

काठमाडौं । जिल्ला अदालत नवलपरासीमा कार्यरत कम्प्युटर अपरेटर दुई लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार जिल्ला अदालतका कम्प्युटर अपरेटर राम लखन बनियालाई घुससहित पक्राउ गरेको हो ।

लागुऔषधको मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय नवलपरासीमा रहेका व्यक्ति छुटाउन सहजीकरण गरिदिने भन्दै उनले घुस मागेका थिए ।

उक्त सूचनापछि अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बनियालाई पाल्दीनन्दन गाउँपालिका–३ बेलासुर चोकबाट पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *