महालेखाको विश्वसनीयतामा प्रश्न उठ्ने गरी किन आयो प्राधिकरणको श्वेतपत्र ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको हालसालै सार्वजनिक भएको श्वेतपत्रमा प्राधिकरण कुलमानजीले दाबी गरे जस्तो नाफामा नभई घाटामा छ भन्ने भाष्य स्थापित गर्न खोजिएको बताएकी छन् ।

मंगलबार सामाजिक संजालमार्फत श्रेष्ठले महालेखा परीक्षकको कार्यालयमाथि नै प्रश्न उठ्ने गरी श्वेतपत्र आएको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले भनेकी छन्, ‘सरकारी संस्थान भएकोले प्राधिकरणको वितीय अवस्थाको लेखाजोखा हरेक साल महालेखापरीक्षकको कार्यालयले गर्छ । कार्यकारीले मनपरी तथ्याङ्क राखेको भए महालेखाले सच्याउँथ्यो होला । अहिले आएर सबै गलत भन्नु यसैको लागि बनेको संवैधानिक निकाय महालेखाको विश्वसनीयतामा प्रश्न उठाउनु हो । यो नितान्त प्राविधिक विषय भएकोले महालेखाले आममानिसले समेत बुझ्ने गरेर प्रष्टिकरण दिन्छ भन्ने आशा लिएकी छु । संसदको सार्वजनिक लेखा समितिले पनि यो विषयमा खोज गरोस् । नेपाल विद्युत प्राधिकरण कमै मात्र सरकारी संस्थामध्ये एक हो जसको कामबाट आमजनता सन्तुष्ट छन्, यसमा निवर्तमान कार्यकारी कुलमानजी, उहाँ अघिका कार्यकारी र सबै कर्मचारी सबैको महत्वपूर्ण योगदान छ । उर्जामन्त्रीले कुलमानजीको योगदानको अनादर गरेर सार्वजनिक वक्तव्य दिइरहनु हुन्छ, यो श्वेतपत्र पनि त्यसैको निरन्तरता मात्र होइन भन्ने आशा लिएकी छु ।’

केही दिनअघि प्राधिकरणले श्वेतपत्र जारी प्राधिकरण घाटामा रहेको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *