काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलन घोषणा गरेको छ । नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग सम्झौता गरेको भन्दै विद्यालय कर्मचारी परिषदले आन्दोलन घोषणा गरेको हो । परिषदले शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो ।
परिषदले बब्बन मिश्रको संयोजकत्वमा आन्दोलन परिचालन कमिटीसमेत बनाएको छ । परिषदका अध्यक्ष गंगाराम तिवारीले महासंघले रहस्मय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको बताए ।