इन्टरपोलबाट रेड नोटिस जारी भएका बलात्कार मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं । बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक अभियुक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरी डाँडा टोल ठेगाना भएका बागसिं भन्ने रबिन तामाङ रहको छन् ।

साउदी अरबबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

बलात्कार मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुरोध भएपश्चात एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अगस्ट २१ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *