काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से घटेको छ । बुधबार नेप्से ८ दशमलव १४ अङ्कले घटेर २ हजार ६ सय २३ दशमलव ८३ विन्दुमा झरेको छ ।
शेयर बजार हिजो १५ र अस्ति १४ अङ्कले घटेको थियो । आज जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समाज लघुवित्त, नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज ३ सय १४ वटा कम्पनीका २ करोड ४६ लाख कित्ता शेयर ९ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएको छ ।