काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी छिट्टै छुट्ने बताएकी छन् । बुधबार रेशम पक्राउपछि सामाजिक संजालमार्फत अध्यक्ष श्रेष्ठले रेशम छिट्टै छुट्ने बताएकी हुन् ।
उनले भनेकी छन्, रेशमजी छुट्टै छुट्नु हुन्छ सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु ।’ रेशमलाई बुधबार मध्यान्ह नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरण सभामा सहभागी हुँदै गर्दा प्रज्ञा भवनबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् । संरक्षक चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो ।
तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी रिहा भएका थिए । आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो ।