काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । मंगलबार अबेरसम्म शिक्षा मन्त्रालयमा भएको वार्ता विना निष्कर्ष टुंगिएको हो ।
नौ बुँदे माग मन्त्रिपरिषद्बाट पारित भए आन्दोलनको स्वरूप परिवर्तन गर्ने तयारीसहित वार्तामा बसेको शिक्षक महासंघले आजको वार्ता पनि निष्कर्षविहीन भएको जनाएको छ ।
महासङ्क कतिपय माग बजेटको सीमाले धान्न नसक्ने भन्दै लचिलो हुन सरकारले आग्रह गरेको छ । वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक सहभागी थिए ।
महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी थियो । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रहेको र त्यसै आधारमा मंगवलबार पुनः वार्ता भएको हो । शिक्षक सङ्गठनहरूले विभिन्न माग राखी चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।