काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बर्तौलाले शिक्षकहरुसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरुसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको छ । आज साँझ सम्ममा निकास निस्कनेमा आशावादी छु ।’