आन्दोलनरत पक्षको माग सम्बोधन गर्न लाग्नुपर्नेमा सरकार रमिते बन्योः सांसद शाही

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले आन्दोलनरत पक्षको माग सम्बोधन गर्न लाग्नुपर्नेमा रमिते बनेको आरोप लगकाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले शिक्षक, स्वास्थ्यकर्मी आन्दोलनमा रहेका तर सरकार रमिते बनेको आरोप लगाए ।

उनले भने, ‘शिक्षक, स्वास्थ्यकर्मी, सहकारीपीडित सडकमा छन् । कर्मचारी पनि सडकमा जाने तयारीमा छन् । राजावादीले अहिलेको व्यवस्थामाथि धावा बोलिरहेका छन् । तर सरकार रमिते बनेको छ ।’

सांसद शाहीले सरकारले प्रतिपक्षका कारण काम गर्न नसकेको भन्ने भाष्य बनाएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘सरकार आफ्नो असक्षमता लुकाउन दोष प्रतिपक्षीमाथि थुपारिरहेको छ । कि त यो सरकारले यी सबै काम पूरा गर्न सक्नुपर्छ । होइन भने सरकारले तत्काल राजीनामा दिनुपर्छ । नैतिक हिसाबले सरकारमा बसिरहने नैतिकता गुमाएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *