एजेन्सी । १४ वर्षीय वैभव सूर्यवंशीको बिस्फोटक ब्याटिङको मद्दतमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग(आईपीएल)मा जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै राजस्थानले प्रतियोगितामा तेस्रो जित निकालेको हो ।
जितको लागि २ सय १० रन को विजयी लक्ष्य पछ्याएको राजस्थानले १६ ओभरमै २ विकेट गुमाएर २ सय १२ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । राजस्थानको लागि वैभवले ३८ बलमा ११ छक्का र ७ चौकाको मद्दतमा १ सय १ रन बनाए । उनी आइपिएल तथा टी-२० क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक र शतक प्रहार गर्ने खेलाडी बनेका हुन् । वैभवले ३५ बलमै शतक बनाए । जुन आईपीएलको इतिहासमा दोस्रो सर्वाधिक छिटो सतक समेत हो । राजस्थानको लागि अर्का ओपनर यशाश्वी जैशवालले ७० र रियान परागले ३२ रन बनाए ।
यसअघि जयपुरस्थित सवाई मानसिंह स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । गुजरातको लागि कप्ता शुभ्मन गिलले ८४, जोस बटलरले ५०, साइ सुधर्सनले ३९ र वासिंटन सुन्दरले १३ रन बनाए ।
राजस्थानको लागि महेश थेक्षानाले दुई विकेट लिंदा जोफ्रा आर्चर र सन्दिप शर्माले एक/एक विकेट लिए ।
जितसँगै राजस्थान १० खेलबाट ६ अंक जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको गुजरात १२ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।