काठमाडौं । एएफसी यू-२० महिला एसियन कप-२०२६ छनोटको ड्र सार्वजनिक भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) द्वारा मलेसियास्थित क्वालालम्पुर हाउसमा भएको ड्रका अनुसार नेपाल समूह ‘ए’मा परेको हो ।
समूह ‘ए’मा नेपालसहित उत्तर कोरिया, भुटान, मंगोलिया, र साउदी अरब रहेका छन् । पछिल्लोपटक एएफसी यू-१९ महिला एसियन कपको नाममा सञ्चालन भइरहेको प्रतियोगिता २०२२ देखि एएफसी यू-२० महिला एसियन कपको रूपमा हुँदै आएको छ । २३ राष्ट्र सहभागी हुने छनोटका खेल अगस्ट २ देखि १० सम्म हुनेछ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।
त्यसमध्ये सात समूहमा चार/चार टोली रहेका छन् भने एक समूहमा पाँच टोली रहेका छन् ।
आठ समूहका विजेता र तीन उत्कृष्ट टोलीले २०२६ को एएफसी यू-२० महिला एसियन कपमा स्थान बनाउनेछन् ।