काठमाडौं । जुनमा हुने मैत्रीपूर्ण खेलको लागि प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)का अनुसार राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।
नेपालले जुन ५ मा हङकङसँग र जुन १० मा लाओससँगको खेल खेल्नेछ ।
नेपाली प्रारम्भिक टोली: अभिषेक लिम्बु, अमृत श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, अञ्जल श्रेष्ठ, आरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), गिल्सपी जङ कार्की, किरण चेम्जोङ (गोलकिपर), कृतिश चुन्जु, कुलदीप कार्की, कुञ्चल देवकोटा, लेकन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, निराजन धामी, रोहन कार्की, रोहित चन्द, सानिश श्रेष्ठ, सन्तोष खत्री, सृजन राज, सुदिप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरज जेउ ठकुरी, सुवास ठकुरी बम, योगेश गुरुङ।