मधेस प्रदेशमा मेडिकल उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै १४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा विशाल पण्डित, इमानारायण श्रेष्ठसहित १४ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मेडिकल उपकरण खरिद घोटालामा पण्डितसहित मधेस प्रदेशका तत्कालीन सामाजिक विकास सचिव इमनारायण श्रेष्ठसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उपकरण खरिदमा २२ करोड भ्रष्टाचार भएको भन्दै पण्डितसहित मधेस प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्रालयका सचिव श्रेष्ठ, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र, तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्ति नारायण साह, लेखा अधिकृत नवीन दासलाई प्रतिवादी बनाएको छ।

त्यस्तै वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, ल्याब टेक्नोलोजिस्टहरू मनमोहन मिश्र र राम उदगार यादव, माइक्रोबायोलोजिस्टहरू जितेन्द्र कुमार साह र अमरेन्द्र कुमार मिश्र, उप–प्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट दिपेन्द्र कुमार मिश्र, ल्याब असिस्टेन्ट रमेश कुमार मण्डल, लेखा अधिकृत अमरदीप महतो, ल्याब असिस्टेन्ट कर्मशील प्रसाद गोप, वरिष्ठ ल्याब अधिकृत उमेश चौधरीलाई पन प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुलको मागदाबी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *