मेरा लागि जन्मभूमि नै आमाको प्रतिरुप बन्योः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि जन्मभूमि नै आमाको प्रतिरुप बनेको बताएका छन् । मातातीर्थ औंसीका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आफ्नो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट नभएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो । आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ । यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु । आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *