एपीएफ लुम्बिनी कप च्याम्पियन

नेपालगञ्ज । विभागीय टोली नेपाल एपीएफ क्लबले नेपालगञ्जमा भएको लुम्बिनी कप महिला अन्तर्राष्ट्रिय आमन्त्रित फूटबलको उपाधि जितेको छ । शुक्रबार दिउँसो भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोलले हराउँदै एपीएफले उपाधि जितेको हो ।

नेपालगञ्ज रंगशालामा भएको फाइनल खेलमा एपीएफको लागि गीता रानाले निर्णायक गोल गरिन् । दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा गीताले गरेको गोल एपीएफलाई जित दिलाउन पर्याप्त बन्यो ।

यससँगै एपीएफले लगातार चौथो उपाधि जितेको छ । यसअघि एपीएफले एन्फा महिला लिग, इलाम गोल्डकप र चितवनमा भएको राष्ट्रिय महिला फूटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

च्याम्पियन एपीएफले रु पाँच लाख पाँच हजार ५५५  प्राप्त गरेको छ भने उपविजेतामा सिमित पुलिसले रु दुई लाख ५० हजार नगदमा चित्त बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *