घरेलु मैदानमा बैंगलुरुको पहिलो जित

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरुले घरेलु मैदानमा पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा बैंगलुरुले राजस्थान रोयल्सलाई ११ रनले हराएको हो ।

जितको लागि २ सय ६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९४ रनमात्र बनाउन सक्यो । राजस्थानको लागि यशश्वी जैसवालले ४९,  ध्रुव जुरेलले ४७, नितिश रानाले २८, कप्तान रियान परागले २२, वैभव शर्यावंशीले १६, शुभम डुबेले १२ र शिमरोन हेटमायरले ११ रन बनाए ।

बैंगलुरुको लागि जोश हज्लेवुडले ४ ओभरमा ३३ रन दिएर चार विकेट लिँदा कुर्नाल पान्ड्यले दुई तथा भुवनेश्वर कुमार र याश दयालले समान एक/एक विकेट लिए ।

यसअघि घरेलु मैदानमा  भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बैंगलुरुले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो । बैंगलुरुको लागि विराट कोहलीले सर्वाधिक ७० रन बनाए । उनले ४२ बलमा ८ चौका र दुई छक्का प्रहार गरे । यस्तै देभ्दत्त पड्डिकलले ५०, फिल साल्टले २६, टिम डेभिडले २३ र जितेश शर्माले २० रन बनाए ।

राजस्थानको लागि सन्दीप शर्माले दुई तथा जोफ्रा आर्चर र वानिन्दु हासारान्गाले एक/एक विकेट लिए ।

जितसँगै बैंगलुरु ९ खेलबाट १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको राजस्थान आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *