तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा थप एकजना पक्राउ

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तोडफोडमा संलग्न भएको आरोपमा काभ्रेको धुलिखेलका मिनोज थापालाई पक्राउ गरेको हो । उनलाई अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *