आवासीय चिकित्सकहरु पनि निस्किए सडक आन्दोलनमा, सरकारी सरह भत्ता माग

काठमाडौं । सरकारी सरह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु पनि सडक आन्दोलनमा उत्रिएका छन् ।

बिहीबार उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।

निर्णय कार्यान्वयन नभएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल चिकित्सक संघले निर्णय कार्यान्वयनका लागि दबाब दिन सरकारलाई अल्टिमेटम समेत दिइसकेको छ । संघले माग पूरा नभए शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *