टर्कीको इस्तानबुलमा शक्तिशाली भूकम्प

टर्की । टर्कीको इस्तानबुल तथा वरपरका क्षेत्रमा बुधबार दिउँसो ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार हालसम्म मानवीय क्षतिको रिपोर्ट आएको छैन ।

भूकम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ४० किलोमिटर टाढा, मार्मारा समुद्रमा रहेको थियो । यसको झट्का टेकिरदाग, यालोभा, बुर्सा, बालिकेसिर र इज्मिरसम्म महसुस गरिएको थियो ।

भूकम्प हुँदा धेरै मानिसहरू सडकमा भागेका थिए । केही स्थानमा भवनबाट हाम फाल्दा मानिसहरू घाइते भएको जनाइएको छ। एक पुरानो खाली भवन भत्किएको खबर आएको छ ।
इस्तानबुलको मेयरले क्षति धेरै नरहेको भएपनि त्रास फैलिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *