काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने भन्दै राज्यमन्त्री तामाङले असन्तुष्टि जनाउँदै आएका थिए ।
त्यस्तै उनले केही दिनअघि उर्जा सचिव सुरेश आचार्यले आफ्नो अपमान गरेको भन्दै स्पष्टीकरण सोधेका थिए । उनी साउन १८ मा राज्यमन्त्री नियुक्त भएका थिए ।