नेपाल र हङकङबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं । नेपाल र हङकङबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुने भएको छ । नेपाली राष्ट्रिय टोलीले आगामी जुन ५ मा हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जानकारी दिएको हो ।

यो खेल हङकङको घरेलु मैदानमा हुनेछ । यसअघि नेपाल र हङकङले सन् १९८८ मा एएफसी एशियन कपमा प्रतिस्पर्धा गरेको थिए । त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

फिफा वरीयतामा हङकङ नेपालभन्दा अगाडि छ । वरीयतामा हङकङ १५३औं र नेपाल १७५औं स्थानमा रहेको छ । नेपालले पछिल्लो पटक गएको मार्च २५ मा एएफसी एशियन कप छनोटमा घरेलु टोली मलेशियासँग खेलेको थियो । त्यो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

हङकङसँगको मैत्रीपूर्ण खेलपछि नेपालले एशियन कप छनोटको तेस्रो चरणको दोस्रो खेलमा जुन १० मा लाओससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *