काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) अन्तर्गत आज हुने दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र धनगढी एफसी भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ६ बजे शुरु हुनेछ ।
आजको खेलमा विजयी हुने टोलीले फाइनलमा ललितपुर सिटी एफसीको सामना गर्नेछ । पोखरा इलिमिनेटरको खेलमा एफसी चितवनलाई ३-० गोलले हराउँँदै क्वालिफायरमा पुगेको हो । यता धनगढीले भने पहिलो क्वालिफायरको खेलमा ललितपुर सिटी एफसीसँग ३-० गोलले भएपछि फाइनल प्रवेश गर्न दोस्रो मौका पाएको हो ।
आजको खेल ब्राजिलियन लेजेन्ड रोबर्टो कार्लोसलेपनि अवलोकन गर्ने एनएसएलले जनाएको छ । दोस्रो क्वालिफायर हेर्न कार्लोस हिजो मंगलबार नेपाल आइपुगेका थिए । यसअघिनै नेपाल आउने तालिका रहेपनि स्वास्थमा समस्या आएपछि उनी हिजो नेपाल आएका हुन् ।