एमाले वीरगञ्ज महानगरको अध्यक्षमा शर्मा निर्वाचित

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वीरगञ्ज नगर कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् ।

मङ्गलबार राति सार्वजनिक भएको मत परिणामअनुसार कमिटीको उपाध्यक्षमा रामकिशोरसिंह पराग, सचिवमा लियाकत अली, उपसचिव (खुला)मा जयनारायणसिंह कुर्मी, उपसचिव (महिला)मा विमला श्रीवास्तव, लेखा समिति अध्यक्षमा अजयकुमार साह र सचिवमा राघव पटेल निर्वाचित भएका छन् ।

यसैगरी, खुला सदस्यमा सतेन्द्रकुमार सिंह, युवा सदस्यमा देवकुमार सर्राफ र महिला सदस्यमा सीतामैया श्रेष्ठ निर्वाचित भएका छन् ।

एमाले वीरगञ्ज महानगर कमिटीको नेतृत्व चयनका लागि गत चैत ३० गते उम्मेदवारी दर्ता भएको थियो । हनुमान् जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएपछि निर्वाचन कार्यक्रम रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *