काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षा मन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिँदा उनको नैतिकता उच्च भएको बताएकी छन् । सामाजिक संजालमार्फत शाक्यले उहाँलाई सहयोग किन भएन भन्दै प्रश्न गरेकी छन् ।
उनले भनेकी छन्, ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो ? विद्या भट्टराई सक्षम इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ? कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्।’
भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन् ।