अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा

नयाँदिल्ली । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स भारत भ्रमणको क्रममा नयाँ दिल्ली आइपुगेका छन् ।

इटालीको भ्रमण पुरा गरी उनी भारत भ्रमणमा आएका हुन् । उपराष्ट्रपतिले दुवै देशका नेताहरूसँग साझा आर्थिक र भूराजनीतिक प्राथमिकताहरूबारे छलफल गर्नेछन् ।

भारत भ्रमणका क्रममा उपराष्ट्रपति भान्सले सुरुमा नयाँ दिल्ली, जयपुर र आग्राको भ्रमण गर्नेछन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । त्यस्तै उपराष्ट्रपति र उनको परिवारले सांस्कृतिक स्थलहरूमा हुने कार्यक्रमहरूमा पनि भाग लिनेछन् ।

उपराष्ट्रपति भान्सकी श्रीमती उषाका आमाबाबु, कृष चिलुकुरी र लक्ष्मी चिलुकुरी, १९७० को दशकको अन्त्यतिर भारतबाट संयुक्त राज्य अमेरिका सरेका थिए ।

उषा पेशाले एक वकिल हुन् र उनले अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन जी. रोबट्र्स र कोलम्बिया जिल्ला सर्किटका लागि अमेरिकी पुनरावेदन अदालतका न्यायाधीश ब्रेट काभानोको लागि पनि काम गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *