नेपालमा एसियन पब्जी मोबाइल च्याम्पियनसिप हुँदै

काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (ईसान) को आयोजनामा आगामी वैशाख २६ गतेदेखि एसियन ई-स्पोर्ट्स च्याम्पियनसिप हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सहकार्य गरी पब्जी मोबाइल गेमको एसियाली प्रतिस्पर्धा हुन लागेको हो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित १४ देशका टोलीले प्रतिस्पर्धा गर्ने ईसानका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बङ्गलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलंका र माल्दिभ्सका पब्जी टिम सहभागी हुनेछन् ।

अनलाइनमार्फत सञ्चालन हुने प्रतियोगितामा कुल पुरस्कार राशि १० लाख रुपैयाँ निर्धारण गरिएको छ । आयोजकका अनुसार शीर्ष ६ स्थान हासिल गर्ने टोलीहरूलाई पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *