काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदैगर्दा गिरफ्तार भएका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सबै नेताहरुको अविलम्ब रिहाइको माग गरेको छ ।
नेताहरु पक्राउपछि आइतबार अपरान्ह बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक नेताहको अविलम्ब रिहाइ गर्न माग गरेको हो । राप्रपाले नेताहरु पक्राउ गरेर सरकारले विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र देखाएको प्रष्ट भएके उल्लेख गरेको छ ।
बैठकले सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको ठहर गरेको छ ।
संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरे राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीद्वारा पूर्व निर्धारित कार्यक्रमस्थल बिजुली बजारतर्फ जाने क्रममा प्रहरीले अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरेको थियो ।