काठमाडौं । नेपाली कांग्रेसले कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्कालाई दिएको छ आइतबार सभापति शेरबहादुर देउवा थाइल्याण्ड प्रस्थान गरेसँगै कांग्रेसले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।
देउवा पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवासँगै थाइल्याण्ड भ्रमणमा गएका हुन् । मन्त्री राणा सोमबारदेखि पाँचदिनसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप) को ८१ औं सत्रमा सहभागी हुन गएकी हुन्।