रवि लामिछानेलाई गैरकानुनीरुपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

निवेदनमा लामिछानेलाई प्रचलित कानुनविपरीत थुनामा राखिएको जिकिर गरिएको छ । यसअघि थुनामा पठाउने उच्च अदालतको आदेश बेरितको भएको भन्दै अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए । त्यो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *