राजस्थानमाथि लखनउको रोमाञ्चक जित

एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले पराजित गरेको छ।

जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो । टोलीका लागि एडन मार्क्रमले सर्वाधिक ६६ रन बनाए भने आयुष बडोनीले ५० रनको योगदान दिए। अन्त्यतिर अब्दुल समदले १० बलमा ३० रनको आक्रामक इनिङ खेले ।

जवाफमा राजस्थान रोयल्सले २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो । यशस्वी जैसवालले ७४ रनको उत्कृष्ट इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् । युवा खेलाडी वैभव सूर्यवंशीले ३४ रनको योगदान दिए । खेलको अन्तिम ओभर निकै नाटकीय रह्यो । राजस्थानलाई जितका लागि ९ रन चाहिएको थियो र लखनउका आवेश खानले उत्कृष्ट बलिङ गर्दै मात्र ६ रन दिए र ३ विकेट लिए ।

उनले यशस्वी जैसवाल, रियान पराग र शिम्रन हेटमायर जस्ता महत्त्वपूर्ण ब्याटरहरूलाई आउट गरे । यसअघि राजस्थानका लागि वानिन्दु हसरंगाले २ विकेट लिएका थिए ।

यो जितसँगै लखनउ सुपर जायन्ट्सले महत्त्वपूर्ण दुई अंक हासिल गरेको छ भने राजस्थान रोयल्सले लगातार चौथो हार बेहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *