मैदान भिजेका कारण खेल रद्द, नेपालको विश्वकप खेल्ने सपना समाप्त

काठमाडौं । आईसीसी यु-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ । मुलपानीस्थित तल्लो मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने भनिएको खेल मैदान भिजेको कारण रद्द भएको हो ।

दिउँसो दुई बजे एम्पाएरले मैदान निरीक्षण गरेपछि खेल हुन नसक्ने जानकारी दिएका हुन् । दुई घण्टा अघिदेखि मैदानमा पानी नपरेपनि मैदानमा पानी जमेको कारण खेल रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाढेका छन् । यससँगै नेपालको विश्वकपमा छनोट हुने सपना सकिएको हो । नेपाल र अफगानिस्तानको समान चार खेलबाट समान ७/७ अंक भएपनि अफगानिस्तान नेटरन रेटको आधारमा तालिकाको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । यससँगै अफगानिस्तानले सन् २०२६ मा  जिम्बाब्वे र नामिबियामा हुने आईसीसी यु-१९ विश्वकप खेल्ने भएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा युएईलाई डकवर्थ लुइस पद्दतिको आधारमा पाँच रन, दोस्रो खेलमा ओमानलाई आठ विकेट, र तेस्रो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । यता अफगानिस्तानलेपनि पहिलो खेलमा ओमान र दोस्रो खेलमा हङकङलाई समान आठ/आठ विकेटले हराउँदा तेस्रो खेलमा युएई माथि डकवर्थ लुइस पद्दतिको आधारमा १ सय ८० रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *